इटहरी : इटहरीमा लैङ्गिक हिंसा न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन सबै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था गरिएको छ ।

विद्यालयका शिक्षिका,शिक्षक मध्ये एक जनालाई लैङ्गिक सम्पर्क व्यक्ति तोकिएको हो । इटहरीका सबै ३६ वटा विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्ति रहेका छन् ।

उहाँहरूले विद्यालय तथा आसपासको समुदाय सँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताइन ।

हिंसा वाट जोगिन के गर्नुपर्छ रु हिंसा भइहाले के गर्ने रु भन्ने विषयमा उहाँहरूले विद्यालयमा सचेतनामूलक कक्षा सञ्चालन गर्नुहुनेछ ।

सामुदायिक विद्यालयहरूमा तोकिएका लैङ्गिक सम्पर्क ब्यक्तिका लागि उपमहानगरले अभिमुखीकरण सम्पन्न गरेको छ ।

अव प्रत्येक विद्यालयका लैङ्गिक सम्पर्क व्यक्ति र विद्यार्थी बिच पनि अभिमुखीकरण कार्यक्रम गर्ने योजना रहेको उपप्रमुख गौतमले जानकारी दिइन् ।