धरान : इलामको सूर्योदय नगरपालिका–९ मा अटो ट्याम्पो पल्टँदा १ जनाको मृत्यु भएको छ ।

आज बिहान १० बजेको समयमा गोर्खेबाट फिक्कल तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो ट्याम्पो आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनाबाट घाइते भएका अटो चालक स्थानीय ४२ वर्षीय सुकमान राईलाई फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।