धरान : धरानमा जारी २१ औँ गोधुली टुबोर्ग फुटबल रनिङ कपको आज सम्पन्न खेलमा १३ नं. वडा विजयी भएको छ ।

आज भएको खेलमा १३ नं. वडाले ४ नं. वडालाई ८-० को फराकिलो अन्तरमा पराजित गरेको हो । नकआउटका आधारमा भइरहेको प्रतियोगितामा अब १३ नं. वडाले प्रि क्वाटर फाइनलमा ५ नं. वडासँग प्रतिस्पर्धा गर्नेछ ।

१३ नं. वडाका लागी परिवर्तन कपाली एक्लैले ४ गोल गरे भने अशोक कटवालले २ गोल र सुशान्त राईले एक गोल गरे । अर्को गोल भने ४ नं. वडाका शंक नेपालले आत्मघाती गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच १३ नं. वडाका परिवर्तन कपाली घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा भोलि पहिलो खेलमा वडा नं. ६ र १६ खेल्नेछन् भने दोस्रो खेलमा वडा नं. ८ र १० ले खेल्नेछन् । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् ।

प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेता लाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Godhuli 1