धरान : नियमित रूपमा मर्निङवाक गर्ने धरानेहरुको एक समूह वाक फर एजुकेसनले धरान-२० मा रहेको उदय आधारभूत विद्यालयलाई भौतिक निर्माण कार्यमा सहयोग गरेको छ।

समूहका संयोजक सुरेशमान स्थापितका अनुसार विद्यालय परिसर तार जालीले घेरा बार गरिएको तथा विद्यार्थीहरूलाई खेल्नकालागी १ थान चिप्लेटी र पिङ निर्माण गरिएको बताए ।

घेराबारकालागी अन्य दाताबाट पनि सहयोग लिइएको र उक्त कार्य गर्न लगभग १,७५०००/- लागत लागेको उनले जानकारी दिए । कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा २५ जना विद्यार्थी रहेका छन् ।

कोरोना महामारी अगाडि नै निर्माण सम्पन्न भएपनी सोमबार एक कार्यक्रम गरेर समूहले उक्त सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

वाक फर एजुकेसनद्वारा उक्त विद्यालयलाई यस अघि पनि स्टेशनरी, विद्यार्थीकालागी स्वेटर लगायतका सामग्रीहरु सहयोग गरेको विद्यालयकी प्राधानाध्यापीका गिरिजा चेली राईले जानकारी दिइन ।

वाक फर एजुकेसनद्वाराले धरान-१७ मा रहेको अनन्त शिक्षा आधारभूत विद्यालयमा बाँसको घेराबारा भएको २ कोठालाई पक्की कोठामा रूपान्तरण गरिदिएको थियो ।

समूहका सदस्य प्रकाश क्षेष्ठले आगामी दिनमा पनि यस अभियानलाई निरन्तरता दिने बताए ।

Udaya-School-3

Udaya-school-1