पथरी : मोरङको उर्लाबारी वडा नम्बर-३ मंगलबारेमा रहेको न्यु भिजन मोबाइल सेन्टरमा आगलागी भएको छ ।

विगत १० वर्ष अगाडि देखि मोबाइल पसल ब्यबसाय गर्दै आएका स्थानीय दिनेश परियारको पसलमा आगलागी भएको हो ।
सोमबार साँझ भएको आगलागी बाट अन्दाजी २५ लाख रुपैयाँ बराबरको क्षति ब्यबसायी परियारको भनाइ छ ।

परियारका अनुसार पसलमा रहेका सम्पूर्ण मोबाइल र मोबाइलमा प्रयोग हुने सामान जल्नुका साथै ११ वटा ल्यापटप जलेर नष्ट भएका हुन ।
साथै पसलमा रहेको नगद ३ लाख रुपैयाँ मध्ये १ लाख रुपैयाँ मात्र झिक्न सफल भएको उनले बताए ।

साँझ पख पसल बन्द गरेर हिँडेका परियारको पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

स्थानीय दिनेश भण्डारीको पक्की घरमा पसल गर्दै आएका परियारको आगलागी बाट सम्पूर्ण समान जलेर नष्ट हुनुका साथै भण्डारीको घरमा आंशिक क्षती भएको अस्थाई प्रहरी चौकी मंगलबारेले जनाएको छ ।

साँझ पख लागेको आगोलाई स्थानीयबासी, प्रहरी र बेलबारी, कनेपोखरीको वारुण यन्त्रको सहयोगमा १ घण्टामा नियन्त्रणमा लिइएको थियो ।

उर्लाबारी नगरपालिकामा वारुण यन्त्रको ब्यबस्थापन हुन नसक्दा आगलागीको कारण बढी क्षेत्री हुने गरेको गुनासो स्थानियहरुले गरेका छन्