धरान : धरानमा जारी २१ औँ गोधुली टुबोर्ग फुटबल रनिङ कप अन्तर्गत आज भएको दुई खेलमा वडा नं. १६ र ८ विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा वडा नं. १६ ले वडा नं. ६ लाई १-० गोल अन्तरले पराजित गर्‍यो । १६ नं. वडाका लागी किरण हमालले गोल गरेका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक १६ नं. वडा विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच वडा नं. १६ का मनिष बस्नेत घोषित भए ।

त्यस्तै आज भएको दोस्रो खेलमा वडा नं. ८ ले वडा नं. १० लाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

वडा नं. ८ का लागी प्रजिन राईले दुई गोल गरे भने क्याप्टेन मनिष गुरुङले एक गोल गरे । क्याप्टेन मनिष गुरुङ खेलको म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

भोलि पहिलो खेलमा वडा नं. १३ र ५ खेल्नेछन् भने दोस्रो खेलमा वडा नं. १९ र १२ ले खेल्नेछन् । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् ।

प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।