धरान : धरान-८ तीनकुनेमा पैदल हिँडदै गरेका युवाहरूलाई शङ्कालागि चेक गर्दा लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

धरान-१५ बस्ने वर्षीय २१ को पासाङ तामाङ र १९ वर्षीय पारस थापाको शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार उनीहरूले साथमा बोकेको कालो रङ्गको ब्याग भित्र लुकाई छिपाई राखेको ट्रामाडोल-५०, ६ सय ६८, क्याप्सुल र कोलिबान ६ सय ६८ क्याप्सुल बरामद भएको हो ।

लागुऔषध सहित पक्राउ परेका पासाङ तामाङ र पारस थापालाई कारबाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाएको प्रहरीले जनाएको छ ।