धरान : धरानका अग्रज पत्रकार हर्ष सुब्बा सम्मानित भएका छन् ।

मास्टर स्व. चक्रबहादुर पालुङ्वाको ८७ औँ जन्मजयन्तिको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा सुब्बालाई नगद २० हजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
यस्तै, धरान-८ स्थित ल्याबोरेटरी माविको कक्षा-११ मा अध्ययनरत विद्यार्थी रोमन थापा मगरलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उनलाई कार्यक्रमका विशेष अतिथि प्रा.डा. टङ्क न्यौपानेले १३ हजार १ सय ११ रुपैयाँ प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री रामकुमार सुब्बा, चक्रबहादुर पालुङ्वा फाउन्डेसनका अध्यक्ष डा. योगचन्द्र पालुङवा लगायतले दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सुब्बा, पूर्व प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, प्रा.डा. न्यौपाने, जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, प्राध्यापक जीवन राई, पुरस्कृत सुब्बा लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै डा. पालुङवाले सामाजिक कार्य गर्नका लागि फाउन्डेसन स्थापना भएको गराउँदै कोष खडा गरेर फाउन्डेशनलाई बृहत् बनाइने जानकारी दिए ।

उनले वर्षेनी फाउन्डेसनको नामबाट जन्मजयन्तिकै अवसर पारेर जेहेन्दार, उत्कृष्ट लगायतका विद्यार्थीलाई छात्रवृत्ति र पत्रकारिता लगायत अन्य विधाका व्यक्तित्वलाई सम्मान गर्दै जाने बताए ।