काठमाडौँ : सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले अल्पमतमा रहेको माधव नेपाल समूहलाई मिलाएर लाने बताए पनि कतिपय नेताहरूले तिखो टिप्पणी गर्न थालेका छन् ।

तत्कालीन नेकपाको दाहाल-नेपाल पक्षका नेताहरूप्रति मङ्गलवार बिहानै फेसबुकमा व्यङ्ग्यात्मक स्ट्याटस लेख्दै प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई निष्कासनको घोषणा गर्नेहरूलाई ‘अपराधी’ को संज्ञा दिएका छन् ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।