पथरी : मोरङको पथरीबाट बाल अधिकारकर्मी संजिव भण्डारीको हत्या आरोपमा ओली पक्षका नेता युवराज बाँस्कोटा पक्राउ परेका छन् ।

उनलाई मोरङको पथरीशनिश्चरे-१० जिरीखिम्तीका १९ वर्षीय संजिव भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

घटनामा संलग्न बाँस्कोटालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। गत पुस १४ गते बिहानै भण्डारीको शव नेता बास्कोटाका घरमा भेटिएको थियो । झण्डै एक हप्ताअघि बास्कोटा आफै आएर आफ्नो छोरालाई लिएर गएको मृतक भण्डारीकी आमा राधिका भण्डारीको आरोप छ ।

Pathari-Sisir-Bhandri

मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।

‘किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ।’ किटानी जाहेरी परेपछि मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको हो।

पक्राउ परेका नेता बास्तोलालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको प्रहरीले जानकारी दिएको छ। मृत अवस्थमा फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा पनि चोट देखिएको मृतककी आमा राधिका भण्डारीको भनाई छ ।

नेकपा विभाजनको अवस्थामा पुग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई केन्द्रिय सदस्यका रूपमा नियुक्त गरेका थिए । आफू शपथ खान काठमाडौँ जानुपर्ने भन्दै केहि दिन उनको घर कुरिदिन नेता बास्कोटाले आग्रह गर्दै आफ्नो पिए बनाइदिने, जागिर मिलाईदिने लगायतका आश्वासन दिएको छोराले आफूलाई बताएको मृतक भण्डारीकी आमा राधिका भण्डारीको भनाइ छ ।

बाँस्कोटाले नारि दिवसको दिन आफै अतिथि बनेर गएको कार्यक्रममा महिलाहरूबाट कुटाइ समेत खाएका थिए ।