झापा : झापाको शिवसताक्षी नगरपालिका-११ मा आज बिहान नहरमा एक महिलाको शब फेला परेको छ ।

उनको डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर-८ र ११ को सिमानामा पर्ने कनकाई नहर अन्तर्गत सतासी खोलाको साईफनमा शव अड्किएको अवस्थामा फेला परेको हो । शवको पहिचान हुन सकेको छैन ।

प्रहरीले कानुनी प्रक्रिया पुरा गरेपछि थप अनुसन्धान सुरु गर्ने इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।