झापा : झापाको मेचीनगर नगरपालिका-६ स्थित न्यून विशाल होटेलबाट बुधबार (आज)  ११ बजे लागुऔषध अफिम सहित २ जना भारतीय महिला पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत मणिपुर बस्ने ३० बर्षीय लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीय गायत्री देवी क्षेत्री रहेका छन् ।

प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठामाण्डौं र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटेलको कोठा नं. १०५ बाट उनीहरूलाई  पक्राउ गरेको हो।

उनिहरुको साथबाट  प्लास्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको २ किलो प्रतिबन्धित लागुऔषध अफिम फेला परेको इलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ ।

पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।