धरान : धरानको तीनकुने देखि केही तल विश्वकर्मा मन्दिर दक्षिणमा मोटरसाइकल एक आपसमा जुध्दा ४ जना घाइते भएका छन् ।

को ३६ प ७७८ र प्रदेश १ –०२–०४४ प ५११९ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा सङ्खुवासभाको सिलिचुङ ४ बस्ने २८ वर्षीय डम्बर राई, २८ वर्षीय बलबहादुर राई र झापाको शिव सताक्षी नगरपालिका बस्ने ४५ वर्षीय धनकुमार तामाङ, र तामाङकै श्रीमती ४२ वर्षीय रिता कुमारी मोक्तान घाइते भएका छन् ।

उनीहरू सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ । एउटा मोटरसाइकल धरानबाट इटहरी तर्फ जाँदै गरेको र अर्को इटहरीबाट धरान तर्फ आउँदै गरेको बताइएको छ ।

दुवै मोटरसाइकल तीनकुने प्रहरी कार्यालयमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।