इटहरी : ‘जुत्ता बजार डटकम डट एनपी’ बाट सुरु भएको व्यापार क्यालीबर ब्राण्डको भरपर्दो सोरुममा परिणत भयो ।

५ वर्ष अगाडी अनलाइन बिजनेस सुरु गरेका युवाहरूले अहिले इटहरी धरान र विराटनगर मा क्यालीबरको सोरुम सञ्चालनमा ल्याएका छन् । विराटनगरको पहिलो अनलाइन बिजशेन भएको दाबी गर्ने उनीहरू जुत्ता बजारको सफलतापछि क्यालीबर छनौट गरेका हुन् ।

अनलाइनमा ब्राण्डेड र ननब्राण्डेड सबै जुत्ता बिक्री गरे पनि क्यालीबरको प्रोडक्ट र बजार प्रतिकृया राम्रो पाएकोले त्यसैमा लागिपरेको सञ्चालक मध्येका एक सुजन लुइँटेलले बताए । हरेक १५ दिनमा डिजाइन परिवर्तन हुने गुणस्तरमा पनि वृद्धि भइरहने हुँदा क्यालीबर पहिलो प्राथमिकता रहेको उनको भनाई छ ।

“क्यालीबरमा सुजहरू ‘फस्ट ग्रेड माइक्रो फाइबर’ बाट बन्ने भएकोले यो लगाउन हलुङ्गो र शरीरमा पनि कुनै असर नगर्ने खालको छ ।,” उनले भने, ‘क्यालीबर’ सस्तो, राम्रो र वातावरणमैत्री नेपाली ब्रान्ड हो । क्रुएल्टी फ्री पोडक्ट (कुनै पनि जनावरको छाला प्रयोग नगरिएको) र यसको उत्पादनमा कुनै पनि कडा प्रकारको रसायनको प्रयोग हुँदैन । एकरती धुवा ननिकाल्ने उद्योगबाट उत्पादन हुने भएकोले यसलाई पर्यावरवण मैत्री मानिन्छ ।”

सुरज सँगै अन्य दुई जनाको १ करोड ३० लाख लगानीमा इटहरी धरान र विराटनगरमा क्यालीबरको सोरुम खुलेको छ । विराटनगर र धरानमा एकैसाथ सोरुम सुरु गरेका उनीहरूले ३ महिना अघि इटहरीमा पनि सुरु गरेका हुन ।

clabier-2

विराटनगर मा सुरुवातमा धेरै बार्गेनिङ गर्ने ग्राहक आउने तर पछि ब्रान्ड चिन्न थालेपछि कुनै समस्या नभएको सुरजले सुनाए । त्यस हिसाबमा धरान निक्कै परीपक्क बजार रहेको उनले बताए । इटहरीमा भर्खरै सुरुवात भएकोले यसै भन्न सक्ने अवस्था छैन । तर कोही ग्राहकहरू विराटनगरका जस्ता र केही अलि प्रोफेसनल पनि आउने गरेको सुरजको अनुभव छ । पूर्वमा धरान ब्राण्डको विषयमा निक्कै सचेत रहेकाले धेरै सहज बजार रहेको उनको भनाई छ ।

सुरुवातको ३ महिनामा धरान र विराटनगर बाट मात्रै ७ हजार जोर जुत्ता बिक्री गरेको उनको दाबी छ । लकडाउन पछि नेपाली प्रोडक्टको बारेमा मान्छेहरू सचेत हुन थालेको कारण अझै व्यापार बढ्नेमा ढुक्क देखिन्छन् सुरज । पहिला विदेशी ब्रान्ड खोज्नेहरूले पनि क्यालीबर रोज्न थालेको उनको बुझाई छ ।

हरेक १५ दिनमा नयाँ मोडेल निकाल्ने क्यालीबरले पुरानो देखी नयाँ पुस्तालाई समेत समेटेको छ । महिला पुरुष दुवैको लागी नयाँ मोडेलका जुत्ताहरु उत्पादन हुने गरेका छन् । कालीदाश गौतमले सुरु गरेको यस कम्पनी अहिले भरपर्दो नेपाली ब्राण्ड बन्न सफल भएको छ ।

हाल कालीदासका छोराहरू प्रसन्न र अमन गौतमले कम्पनीलाई हाकीरहेका छन् । दुवै युवा भएकोले सोच र जाँगर मिल्ने गरेको सुजन सुनाउँछन् ।

लगानीकर्ता सुरज मात्र हैन प्रयोगकर्ता निमेष घिमिरे पनि क्यालीबर देखी सन्तुष्ट छन् । विगत ५ बर्सदेखि क्यालीबरको जुत्ता लगाउँदै आएका उनी सस्तो मूल्यमा सजिलो र भरपर्दो ब्रान्ड पाइएको बताउँछन् । उनी आफ मात्र हैन अरुलाई पनि क्यालीबर नै प्रयोग गर्ने सल्लाह दिन्छन् ।

नेपाली ब्राण्डमा राम्रो र सस्तो जुत्ता पाएकोले भर्खरै मिलन बुढाथोकीले पनि क्यालीबरको चेल्सी बुट खरिद गरेका छन् । निक्कै सजिलो र हलुका भएकोले आफ्नो रोजाइमा परेको उनी सुनाउँछन् ।