धरान : राउण्ड टेबल  २६ ले धरान-१७ को सम्यक् शिक्षा आधारभूत विद्यालयमा फिल्टर सहितको  १ थान खानेपानी ट्याङ्की सहयोग गरेको छ ।

विद्यालयलाई ५० हजार मूल्य बराबरको फिल्टरसहितको खानेपानी धारा विद्यालयलाई सहयोग गरेको  संस्थाका अध्यक्ष आषिश अग्रवालले जानकारी दिए। सोही अवसरमा सम्पूर्ण विद्यार्थीलाई एक दिनको खाजा समेत  नि:शुल्क वितरण गरिएको उनले बताए ।

विद्यार्थीलाई शुद्ध पिउने पानी पिउन मात्र सिकाउने तर, फिल्टरयुक्त पानीको वातावरण विद्यालयमा नभएकाले खानेपानी ट्याङ्की सहयोग अध्यक्ष अग्रवालले जानकारी दिए ।

एएसपीए चेयरमेन राउण्ड टेबल इन्टरनेशनलका सिद्धान्त गुप्ताको प्रमुख अतिथिमा भएको कार्यक्रममा धरान राउण्ड टेबल २६ का सचिव कृष्ण अटलले कार्यक्रम सञ्चालन गरेका थिए ।

filter-round-table