धरान : हङकङलाई कर्म थलो बनाएका नेपालीहरुको एउटा समुहले भर्खरै लिम्बू भाषाको म्युजिक भिडियो किधी काप्सा युट्युव मार्फत सार्वजानिक गरेका छन् ।

हङकङको व्यस्ततामा कर्म गर्दै यो समुहले समय समयमा यी यस्ता नयाँ नयाँ सृर्जनाहरु पस्कदै आएकोमा यो पटक भने लिम्वु भाषाको म्युजिक भिडियो किधी काप्सा निर्माण गरी युट्युव मार्फत सार्वजानिक गरेका हुन् ।

लिम्वु भाषाको यो म्युजिक भिडियो हङकङको विभिन्न स्थानहरु सिङमुन , काउलन पिक र ताइमोसान लगायतका सुन्दर ठाउहरुमा छाङ्कन गरी नेपालको लिम्वुवानलाई झल्काएका छन् । भिडियोमा सामाजिक सन्जालमा भाइरल भएको भ्वाइस फु?लेन्देको बाउ मौसम इम्वुङ र कल्पना नेम्वाङले मुख्य भुमिका निर्वाह गरेका छन् ।

शब्द यासेली योङहाङ,संगीत देबेन चेम्जोङ,एरेन्ज अशोक लोहोरूङ राईको रहेको छ भने यो गीतलाई सीता सिंगक र लक्ष्मण हुक्पा चोङबाङले गाएका छन् । म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी यूगल पोमोले गरेका छन् भने छायङ्कन मज्जाको राईले गरेका छन् । ड्रेस डिजाईन सिंगापूरे फेन्सी सपका नाम्लीङ ओख्राबो, गरगहनामा लक्ष्मी ओख्राबो,भान्छा अमृता ओख्राबो, टीका वनेम , रश्मी आचार्जू वनेम, सहयोगी मधु कन्दङवा लिम्बू रहेका छन् ।

म्युजिक भिडियोको कार्यकारी निर्माता बरध्वोज ओख्राबो रहेका छन भने सबटाइटल प्राज्ञ अमर तुम्याङ , बिष्णु सिंगक र लीला सिंगकले गरेका छन् ।

फेदापहाङ्मा युट्युव च्यानलबाट सार्वजानिक गरिएको यो म्युजिक भिडियोको निर्माण देवमान लिम्वू तुम्वाङफेको एनएचडीडी स्टुडियो हङकङमा निर्माण गरिएको हो ।

नेपाली भाषामा यो किधी काप्साको शाब्दीक अर्थ एउटा प्रेमिल जोडिलाई जनाउछ । जस्तै 'मलसाप्रोको जोडी ।' करिव ६ बर्ष अघि रेर्कड भएको यो लिम्वु भाषाको गीतलाई निकै ढिलो गरी मात्रै म्युजिक भिडियो निर्माण गर्नुको कारण नेपाली लिम्वु कला र साहित्यलाई माया गर्दा गर्दै र चाहादा चाहादै पनि कार्य व्यस्तताले ढिलो मात्रै निर्माण गर्न सकेको कार्यकारी निर्माता बरध्वज ओख्राबोले बताए ।

यो टिमले चाडै अरु थप नयाँ सृर्जनाहरु लिएर दर्शक श्रोता माझ आउने तयारी पनि गरिरहेको ओख्राबोले बताएका छन् ।