धरान : रोट्रर्याक्ट क्लब अफ धरानले पूर्वाञ्चल ज्ञानचछु विद्यालय धरानलाई २५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ ।

कार्यक्रम अन्तर्राष्ट्रिय रोट्रर्याक्ट सप्ताहको अवसरमा आयोजना गरिएको क्लबकी अध्यक्ष रेश्मा शाक्यले जानकारी दिइन । कार्यक्रम विद्यालयको सभा हलमा रोटरी क्लबका भुपू अध्यक्ष सुरेन्द्रमान स्थापित, रोट्रर्याक्ट क्लब अफ धरानकी भुपू अध्यक्ष आयुष्मा शाक्य लगायत क्लबका अन्य सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन क्लबकी कम्युनिटी सर्भिस डाइरेक्टर प्रेरणा श्रेष्ठले गरेकी थिइन् ।

विश्वभरिका रोट्रर्याक्ट क्लबहरूले मार्च ८ देखि मार्च १३ सम्म विभिन्न सामाजिक क्रियाकलापहरू आयोजना गर्ने गरेको छ ।

रोट्रर्याक्ट क्लब अफ धरानले सप्ताहको पहिलो दिन अन्तरबिद्यालय बक्तृत्वकला प्रतियोगिता , दोस्रो दिन सरस्वती प्रा वि धरानमा दन्त परीक्षण कार्यक्रमको आयोजना गरेको थियो । सप्ताहको चौथो दिन मार्च ११ तारिक खाद्यान्न वितरण कार्यक्रम रहेको क्लबकी सचिव रोसी श्रेष्ठले जानकारी दिइन ।