धरान : मोरङ र उदयपुरबाट बिहीबार दिउसो लागुऔषध सहित २ जना पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर-१६ दरैयाबाट सुनसरी इटहरी-६ का २० वर्षीय सुसित विश्वकर्मालाई लागुऔषध डाइलेक्स डिसी २ बोतल ,नाइट्रोभेट–१५० चक्की सहित पक्राउ गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका –११ मेन चौक नजिकबाट सोही स्थानका ३२ वर्षीय प्रशान्त कार्कीलाई लागुऔषध ब्राउन सुगर ५१० मिली ग्राम, नगद १४,०३५।– सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरूलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।