विराटनगर : नेपाल पत्रकार महासङ्घ मोरङले प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ ।

झालाई सूचनाको अधिकार पत्रकारिता पुरस्कार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, महासचिव राजेश मिश्रले संयुक्तरुपमा प्रदान गरे । झालाई नगद ५१ हजार ५१ प्रदान गरिएको छ ।

यस्तै सूचनाको अधिकार प्रोत्साहन पुरस्कार नेपाल पत्रकार महासङ्घ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको छ । प्रदेश प्रमुख अधिकारीले १५ हजार १५ नगद न्यौपानेलाई प्रदान गरे ।

पत्रकार महासङ्घ मोरङले विगत ४ वर्षदेखि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गर्दै आएको छ ।