धरान : धनकुटाका अग्रज पत्रकार राजकुमार दिक्पालको घरमा आगलागी भएको छ ।

पत्रकार दिक्पाल हाल पोर्चुगलमा बस्छन। दिउँसो घरको माथिल्लो तलामा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

धनकुटा नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।

घरमा भतिजी मात्रै एक्लै रहेको बेला विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी सहायक निरीक्षक हुसनकाजी राईले जानकारी दिए ।

आगलागीबाट घरभित्रको फर्निचर, ट्रष्ट बटम, खाट, दराज, टेबल, डेढ तोला सुन , नगद १ लाख ८० हजार रुपैयाँ र लत्ताकपडा जलेर नष्ट भएको उनले जानकारी दिए ।