धरान : धरान उपमहानगरपालिकाले स्वर्गीय लीला श्रेष्ठ सुब्बाको स्मृतिमा धरानमा आगामी चैत १० , ११ र १२ गते राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता गर्ने भएको छ ।

धरान उपमहानगरको आयोजना र खेलकुद समिति धरानको संयोजनमा टेबुल टेनिस प्रतियोगिता हुने भएको हो । उपमहानगरमा आयोजित पत्रकार सम्मेलनमा धरानको अमर सेवा समाजको व्याडमिन्टन कभड हलमा हुने प्रतियोगीमा छिमेकी मुलुकका खेलाडी समेत सहभागी हुन आउने समितिले जनाएको छ ।

आयोजित पत्रकार सम्मेलनमा धरानलाई खेलमय बनाउँदै पर्यटन प्रवर्धनमा सेवा पुराउने उद्देश्य तथा अग्रजहरूको सम्झनामा उक्त प्रतियोगिता गर्न लागेको आयोजकको भनाई छ ।

स्वर्गीय लीला श्रेष्ठ सुब्बा नेपालकै प्रथम महिला उपसभामुख हुन् । उनी साहित्यकार तथा खेलाडी पनि हुन् । उनले धरानका राजनीतिक इतिहासमा अमूल्य योगदान पुर्‍याएकाले उनको स्मृतिमा टेबुल टेनिस प्रतियोगिता गर्ने भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले प्रतियोगिताको लागि ३ लाख रकम विनियोजन गरेको छ ।

प्रतियोगितामा मेन्स सिङ्गल प्रथमले २० हजार , मेन्स सिङ्गल दोस्रोले १० हजार , मेन्स सिङ्गल तेस्रो २ जनाले ५ / ५ हजार पुरस्कार पाउने छन् । यस्तै जुनियर सिङ्गल प्रथमले १५ हजार , जुनियर सिङ्गल दोस्रोले ७ हजार ५ सय र जुनियर सिङ्गल तेस्रो २ जनाले प्रतिव्यत्ति ३ हजार ५ सय पुरस्कार पाउनेछन् ।

जुनियर गल्र्स सिङ्गल प्रथमले १५ हजार , जुनियर गल्र्स सिङ्गल दोस्रोले ७ हजार ५ सय , जुनियर गल्र्स सिङ्गल तेस्रो २ जनाले प्रतिव्यक्ति ३ हजार ५ सय पुरस्कार पाउनेछन् । ब्वाइज सिङ्गल प्रथमले १० हजार , ब्वाइज सिङ्गल दोस्रोले ५ हजार र ब्वाइज सिङ्गल तेसा्रे २ जनाले प्रतिव्यक्ति २ हजार ५ सय प्राप्त गर्ने छन् ।

गल्र्स सिङ्गल प्रथमले १० हजार, गल्र्स सिङ्गल दोस्राले ५ हजार र गल्र्स सिङ्गल तेस्रो २ जनाले प्रतिव्यक्ति २ हजार ५ सय प्राप्त गर्ने छन् । यसै गरी भेट्रान्स सिङ्गल प्रथमले १० हजार, भेट्रान्स सिङ्गल दोस्रोले ५ हजार र भेट्रान्स सिङ्गल तेस्रो २ जनाले प्रतिव्यक्ति २ हजार ५ सय प्राप्त गर्ने छन् ।

त्यस्तै लेडिज सिङ्गल प्रथमले २० हजार , लेडिज सिङ्गल दोस्रोले १० हजार र लेडिज सिङ्गल तेस्रो हुने २ जनाले प्रतिव्यक्ति ५ / ५ हजार पुरस्कार पाउने छन् । सम्पूर्ण विजेताले ट्रर्फी र प्रमाण पत्र पनि प्राप्त गर्ने छन् ।

खेलकुद समितिले इभेन्टको दर्ता शुल्क समेत तोकेको छ । खेलाडीले आफ्नो परिचय पत्र , विद्यालयको सर्टिफिकेट र पञ्जिकाधिकारीबाट जन्म दर्ता ल्याउनुपर्ने छ । खान बस्नका लागी भने खेताडीहरुले आफै व्यवस्थापन गर्नु पर्ने छ । खेलमा अनिवार्य तोकिएको पोसाक लगाउनु पर्ने छ ।