धरान : सुनसरी उद्योग वाणिज्य सङ्घ धरानमा महिलाहरूका लागि दश दिने नि:शुल्क सीप विकास तालिम सुरु भएको छ ।

उद्यमशील महिला सङ्घ सुनसरिको आयोजनमा भएको उक्त दश दिने तालिममा महिलाहरू उद्यमी भएर अघि बढ्न आव्हान गर्दै उद्यमशीलताको लागि मेटल रेसमी चुरा बनाउने तालिम दिएको आयोजकले जनाएको छ ।

तालिममा धरान इटहरी , तरहरा, रामधुनी र झुम्काका दश जना महिलाहरूको सहभागिता रहेको सङ्घकी अध्यक्ष यशोधा कायस्थले जानकारी दिइन् । तालिममा सरिता थापाले सहजीकरण गर्दै छिन् ।

तालिमको उद्घाटन उद्योग वाणिज्य सङ्घ धरानका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले गरेका थिए ।