विराटनगर : प्रदेश १ स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी सीता निरौला प्रथम भएकी छिन् ।

सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा शुक्रवार विराटनगरमा सम्पन्न प्रतियोगितामा १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिइन ।

उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीवीच ‘समृद्ध राष्ट्र निर्माणका लागि युवाको विचारहरू’ विषयक प्रदेश स्तरीय लेखन प्रतियोगितामा सङ्खुवासभाकी सविना धिताल द्धितिय, झापाकी अम्बिका भट्टराई तृतीय, मोरङका गौरव खतिवडा र सोलुखुम्बुका उत्सव ढुंगेल सान्त्वना भएका छन् ।

प्रतियोगिताका विजेताहरूलाई सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले पुरस्कार वितरण गरेका थिए ।

लेखन प्रतियोगितामा प्रथम, द्धितिय,तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३-३ हजार र प्रमाणपत्र वितरण गरिएको सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद शाखाका अधिकृत कोमल बहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने राष्ट्रिय स्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् ।

पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कार्की, उपसचिव कृष्णप्रसाद पोखरेल, युवा परिषद् मोरङका अध्यक्ष सन्तोष घिमिरे लगायतले बोलेका थिए ।