झापा : झापाको कमल गाउँपालिकाको क्याम्पा सरङ्गपाडा सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

सो सडक खण्डमा पर्ने गाउँपालिकाको वडा नम्बर-१ वालुवाडीमा मे ३ प ३७४७ को मोटर साइकललाई बाटो काट्ने क्रममा ना १ क ६१६५ को ट्रिपरले ठक्कर दिँदा शिवसताक्षी नगरपालिका वडा नम्बर-४ का २० बर्षीय सरोज कार्कीको घटना स्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने चालक र सवारी प्रहरीको नियन्त्रणमा रहेको छ । यसैबिच, घटनाको विषयलाई लिएर मृतकका आफन्त तथा स्थानीयले अहिले सो सडक खण्डमा यातायात अवरुद्ध पारेका छन् भने मृतकका आफन्तलाई उचित क्षतिपूर्ति र चालकलाई कडा कारबाहीको माग राख्दै शव बुझ्न मानेका छैनन् ।