धरान : धरानमा जारी २१ औँ गोधुली टुबोर्ग फुटबल रनिङ कप अन्तर्गत आज भएको खेलमा १६ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा १५ नं. वडालाई ४-० को फराकिलो अन्तरमा पराजित गर्दै १६ नम्बर वडाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

१६ नम्बर वडाका लागी मन्दिप बस्नेत, लोकेन लिम्बू, शैलेन्द्र नेपाल र जमिन लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १६ नम्बर वडाका मन्दिप बस्नेत घोषित भए ।

म्यान अफ द म्याच मन्दिप बस्नेतलाई माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद २ हजार पुरस्कार वितरण गर्नुभयो ।

भोलि वडा नंम्वर ८ र १९ सेमिफाइनलका लागी प्रतिस्पर्धा गर्नेछन् ।
चैत्र ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।