भोजपुर : भोजपुरमा मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  भोजपुर रामप्रसादराई गाउँपालिका १ ओख्रे कि ७६ बर्षीय कुमारी बानिया रहेको प्रहरीले जानकारी दिएको छ । 

शनिवार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिन गई घाटिमा चोट लागी घाइते भएकी बानियाको उपचारको क्रममा स्थानीय सङ्गीता  मेडिकल ओख्रेमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।