इटहरी : नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको छ ।

‘स्मुदेस्ट नम्बर वन लक्जरी ट्याग’सहित मिस्टर डोवल्स नम्बर वान लग्जरी यही साताबाट बजारमा उपलब्ध भएको हो । यही साता एक कार्यक्रमका बीच सो ब्राण्डलाई सार्वजनिक गरिएको हो ।

७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ । यी ब्राण्डहरू क्रमशः ९२०, ४६० र २३० रुपैयाँ बजार मुल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रालिले जनाएको छ ।

नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यले मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याइएको बताए ।

विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रीबन्ड जीन जस्ता ब्राण्डहरु उपभोक्ता माझ लोकप्रिय छन् ।