धरान : सिराहाको लहान स्थित मालपोत कार्यालयमा आज मध्यान्ह भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ ।

घटना पछि जयकृष्ण गोइतले हस्ताक्षर गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको नामबाट एक विज्ञप्ति जारी गरी सिराहाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा आज मध्यान्ह करिब १२ बजेर ४७ मिनेटमा पेसरकुर बम कारर्बाही स्वरूप विस्फोट गराएका छौ भनेको छ ।

तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिराहाको लहान-८ मा रहेको मालपोत कार्यालयमा भ्रष्टाचार भएको भन्दै यसरी भ्रष्टाचार अपराधा जारी नै रहे भने यस भन्दा पनि उच्च स्तरको कारबाही हुनेछ विज्ञप्तिमा भनेको छ । यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी,अपराधी नेपाल सरकार र प्रदेश सरकार नै हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तराईमा भ्रष्टाचार रोक्नु अपरिहार्य हुन गएको र सभ्य समाजमा भ्रष्टाचारलाई अपराधकै दर्जामा राख्ने गरिन्छ । चोरी, डकैती, हत्या आदि जस्तै भ्रष्टाचार पनि सामाजिक अपराध हुन् । जनतान्त्रिक तराई मुक्ति मोर्चा कान्तिकारीले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको दर्जामा राखेको छ ।

तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिराहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा बम विस्फोट गरेको जनाएको छ ।