धरान : धरानमा जारी २१ औँ गोधुली टुबोर्ग फुटबल रनिङ कप अन्तर्गत आज भएको खेलमा १९ नंम्वर वडा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा ८ नं. वडालाई ३-१ अन्तरमा पराजित गर्दै १९ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेको छ । १९ नं. वडाका लागी विनोद राई, इन्सन राई र सुचन रम्तेलले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच १९ नं। वडाका विनोद राई घोषित भए । म्यान अफ द म्याच विनोद राईलाई माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद २ हजार पुरस्कार वितरण गरे ।

भोलि वडा नं. १३ र १७ ले सेमिफाइनल प्रवेशकालागी प्रतिस्पर्धा गर्नेछन् । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।