धरान : नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको कार्यालय स्थापना भएको छ ।

शनिवार युनियन धरानका अध्यक्ष मात्रिका प्रसाद नेपालले धरान-१८ बुद्ध चौकमा प्रेस युनियन धरानको कार्यालय स्थापना भएको जानकारी दिए । आजै युनियनको कार्यालय परिसरमा होर्डिङ बोर्ड राखिएको छ ।

अध्यक्ष नेपालले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुसीको कुरा भएको बताए ।

युनियन धरानका कोषाध्यक्ष वसन्त राईले अब धरानका साथीहरूलाई युनियनको गतिविधि सञ्चालन गर्न थप मद्दत पुग्ने बताउँदै सङ्गठनलाई थप सशक्त बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यालयको अभावमा नियमित बैठक तथा विभिन्न कार्य गर्न असहज भएको अवस्थामा आफ्नै कार्यालय भएपछि सहज हुने आशा पलाएको राईले बताए ।