धरान : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडी घाइते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा हिजो बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।