धरान : धरान उपमहानगरपालिका वडा नं। १७ मा नेपाल तामाङ घेदुङको वडा कार्यसमिति गठन भएको छ ।

नेपाल तामाङ घेदुङ धरानका अध्यक्ष याम गोलेको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले टंक घिसिङको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सिताराम तामाङ, सचिवमा सुवास तामाङ, कोषाध्यक्षमा निमा घिसिङ, सहसचिवमा सूर्यबहादुर तामाङ, सदस्यहरूमा चन्द्रबहादुर तामाङ, राजु योञ्जन, मङ्गोल तामाङ, पुष्पलाल लामा, इन्द्रबहादुर तामाङ र कमला तामाङ रहेका छन् ।

भेलाले महेन्द्र तामाङ, जय बहादुर तामाङ, ढकेन्द्र तामाङ, राजेश घिसिङलाई सल्लाहकारमा चयन गरेको छ ।

भेलामा प्रमुख अतिथि सुजेन्द्र गोले, नेपाल तामाङ घेदुङका जिल्ला उपाध्यक्ष पृथ्वी मोक्तान, स्थानीय महेन्द्र तामाङ, जयबहादुर तामाङ, ढकेन्द्र तामाङ, नव गठित समितिका अध्यक्ष टंक घिसिङ लगायतले मन्तव्य राखेका थिए ।