धरान : इलामको सूर्योदय नगरपालिका–३ रुङसुङमा आज दिउसो सभा ११ बजे पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ४३ वर्षीय रेसम बहादुर राय रहेका छन् । मे १ ज १२४१ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामले जनाएको छ ।

यसै गरी यता धरान–इटहरी सडक खण्डको पानिपियामा दिउँसो भएको दुर्घटनामा धरानका २ युवा जना घाइते भएका छन् ।

इटहरीबाट धरानतर्फ आउँदै गरेको १ ख ६९६६ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको को १३ प ६९०३ मोटरसाइकललाई ठक्कर दिएको प्रहरी जनाएको छ ।

मोटरसाइकल चालक धरान १५ का ३६ वर्षीय किरण लिम्बु र मोटरसाइकलमा सवार रहेका २१ वर्षीय विशाल खनाल घाइते भएका छन् । मोटरसाइकलले ओभर ट्याक गरेर बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा गम्भीर घाइते भएका किरणको बायाँ खुट्टामा गहिरो चोट लागेको छ । भने खनाल सामान्य घाइते भएका छन् । घाइते दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बसका चालक इटहरी २० बस्ने ४१ वर्षीय सन्तोष सिंहलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।