झापा : झापाको मेचीनगर नगरपालिका-६ बाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-४ का २३ वर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई इटहरी-७ बस्ने २४ वर्षीय लोक नाथ भण्डारीलाई आज दिउँसो साँढे १२ बजे ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ भने दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।