धरान : धरान-९ को बगैँचा चोकमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा स्कुटर चालक, मोटरसाइकल चालक र एक पैदल यात्री रहेको प्रहरीले जनाएको छ ।
बगैँचा चोकमा को ३८ प ७८४३ नं. को स्कुटर बाटो क्रस गर्ने क्रममा बागमती प्रदेश ०२-०२४ प २१५३ नं. को मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

घाइते स्कुटर चालक धरान-१८ बस्ने वर्षीय २१ को राज राई मुखमा चोट लागेको र दुर्घटना हुँदा पैदल यात्री धरान १९ बस्ने वर्ष १८ की टिका लिम्बुको निधारमा चोट लागेको छ ।

मोटरसाइकल चालक रामेछाप ठाडादेवी-३ बस्ने वर्षीय २२ को शिव हरि केसी घाइते भएका छन्। स्कुटर र मोटरसाइकल दुवै धरानको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।