धरान : सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हिजो साँझ प्रहरीले लहान नगरपालिकाका ३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय लाहानमा राखिएको बताइएको छ । मण्डलको पक्राउ पछि उनीमाथि थप अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ ।

आइतबार मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राहीसहित ८ जना घाइते भएका थिए । बम विस्फोट पछि मालपोत कार्यालयमा सेवाग्राही त्रासको कारण सेवा लिन नआएको बताइएको छ । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।