धरान : नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेता टङ्क आङवुहाङले परिवर्तित परिस्थितमा परिस्थितिको ठोस विश्लेषण गर्दै आफ्नो विचार र चेतना बदलेर नेकपामा प्रवेश गरेको बताएका छन् ।

कपुरी न्युजसँग टेलिफोनमा कुराकानी गर्दै उनले भने नेकपाको आन्दोलनलाई जोगाउनुका साथै बचाउँदै लानुपर्नेमा नेतृत्वमा अन्तर्विरोध सिर्जना भएको र त्यसको सही ढङ्गबाट व्यवस्थापन नभएकोले आफू एमालेमा प्रवेश गरेको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रवार रामबहादुर थापा बादल समूहबाट थपिएका २२ जना केन्द्रीय सदस्यमा आङवुहाङ पनि थपिएका हुन् । उनी ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रधानमन्त्री ओलीको पुस ५ को कदम पछि दाहाल नेपाल समूहबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको उनी केही समय अघि दाहाल नेपाल समूहबाट अलग भएको बताइएको थियो ।

तर आज उनले आधिकारिकरुपमा साथीहरूसँग पार्टी त्यागेको भनेर नभनेको बताउँदै आफूले पुर्णरुपमा एमालेमा प्रवेश गरेको बताए ।

उनकै कारण प्रदेश सभाको हिजो बस्ने बैठकमा माओवादी केन्द्र प्रस्तुत हुनुपर्दा कमजोर हुने बताइँदै आएको थियो । अन्ततः प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता टंक आङबुहाङ नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएसंगै माओवादी केन्द्र प्रदेश संसदीय दल नेताविहीन भएको छ । माओवादी छोडेर एमालेमा लागेका आङबुहाङको सांसद पद समेत जाने भएको छ । आङबुहाङ एमाले ओली पक्षमा गएसंगै प्रदेश सभामा माओवादी केन्द्रको १५ सिट मात्रै भएको छ ।