धरान : धरानमा रहेको अनलाइन सपिङ साइट सप अर्डरको लक्की ड्र कुपन ३ जना ग्राहकले पाएका छन् । 

लक्की ड्र उपहारका विजेता धरान १७ की लुना मगर, धरान १८ रत्न चोकका सुजन राई र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी रेस्मिता सुनुवार रहेको सप अर्डरका अध्यक्ष सुमन लिम्बुले जानकारी दिए । 

उनीहरूलाई सप अर्डरका प्रमुख कार्यकारी अधिकृत साहिल साहीले विजेताहरूलाई घर घरमा नै पुगेर उपहार वितरण गरेका थिए । विजेताहरूलाई सप अर्डरको उपहारसँगै अर्डिक रेष्टुरेन्ट र नाङ्लो रेष्टुरेन्ट को  डिस्काउण्ट कुपन वितरण गरिएको सप अर्डरले जनाएको छ । 

फागुन ४ गते उद्घाटन भएको दिनदेखि १ महिना सम्म हरियो तरकारी, फलफूल र किराना आइटममा निःशुल्क डेलिभरी सेवा दिएको थियो भने फुड आइटममा एक सातासम्म १० प्रतिशत छुटको व्यवस्था  गरेको थियो । एक सातासम्म सेवा लिने ग्राहकहरूलाई लक्की ड्र कुपन दिएर ३ जना विजेतालाई विशेष उपहार दिएको  अध्यक्ष लिम्बुले बताए । 

सप अर्डरको औपचारिक रुपमा सुरुवात भएको अवसरमा गत फागुन ४ गतेदेखि १५ गतेसम्म अर्डर गर्ने ग्राहकहरुलाई लक्की ड्र कुपन दिएको थियो । सोही अवधिमा विभिन्न सामानहरू अर्डर गर्ने ग्राहकहरूमध्ये ३ जना भाग्यशाली ग्राहकहरू लक्की ड्र मार्फत छनौट गरेर सप अर्डरले उपहार वितरण गरेको हो ।

बिहान ८ बजे देखी साँझ ७ बजेसम्म फोन, इन्ष्टाग्राम र वेबसाइटबाट सामान अर्डर गर्न सकिने प्रा लीले जनाएको छ । प्रा. ली  २ सय रुपैयाँसम्मको अर्डर लिने र भानुचोकदेखि ५ किलोमिटर क्षेत्रमा २५ रुपैयाँ डेलिभरी शुल्क लिनेछ । त्यसबाहेक दुरी अनुसार ४० देखि १५० सम्म पनि शुल्क लिने अध्यक्ष लिम्बूले बताए । धरानसँगै तरहरा, इटहरी, यांगशिला, सतिसाले, चतरा, चक्रघट्टीसम्म सेवा दिने प्रालिले जनाएको छ ।

सप अर्डरले अनलाइन तथा फोन मार्फत अर्डर गरेका ग्राहकहरूलाई घर घरमा नै होम डेलिभरी सेवा उपलब्ध गराउँदै आएको छ । सप अर्डरले विभिन्न तरकारीजन्य सामान, खाद्यान्न, फुड, स्पोर्टस् सामान तथा पुस्तकहरूको पनि डेलिभरी गर्ने गरेको छ