धरान : धरानमा जारी २१ औँ गोधुली टुबोर्ग रनिङ फुटबल कपमा टाइब्रेकरमा धरान १८ नम्बर वडालाई पराजित गर्दै १४ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धात्मक खेल भए पनि गोल रहित बराबरीमा सकिएको थियो । निर्धारित समयमा गोल हुन नसकेपछि थपिएको ३० मिनेटमा दुवै तर्फबाट फेरि बराबर २-२ गोल भएको थियो ।

थपिएको ३० मिनेटमा धरान १८ का सुशील यादव र आभास चौधरीले गोल गरेका थिए भने १४ नम्बर वडाबाट सरोज राईले २ गोल गरेका थिए ।

थपिएको ३० मिनेटमा पनि बराबरीनै भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा धरान १४ सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा भोलि बुधवार पहिलो सेमिफाइनल खेल गत वर्षको विजेता वडा नं १७ र उपविजेता वडा नं १६ बिच हुनेछ ।