धरान : बराह ग्रुप बास्केटबल प्रतियोगितामा डिपो क्याम्पस महिला र पुरुष, सियोन स्कुल महिला र पुरुष, महेन्द्र क्याम्पस र विकेभिएम विराटनगर सेमिफाइनल प्रवेश गरेका छन् । 

मङ्गलवार भएको खेलमा पुरुष तर्फ डिपो क्याम्पसले धरान आदर्श कलेजलाई ३०-१०, सियोन स्कुलले हात्तीसार स्कुललाई ३२-३१, महेन्द्र कलेजले मेघा कलेजलाई २१-२२ र विकेभिएमले विष्णु मेमोरियलाई ४१–१३ अङ्कको अन्तरले पराजित गरेका थिए ।

त्यस्तै गरी महिला तर्फको खेलमा डिपो स्कुलले विकेभिएमलाई २३-१० अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन ।  

बुधवार देखि सुरु हुने सेमिफाइनल खेलमा पुरुष तर्फ सियोन स्कुल र डिपो क्याम्पस, महेन्द्र कलेज र विकेभिएम बिच प्रतिस्पर्धा हुनेछ । त्यसतै गरी महिला तर्फ हात्तीसार क्याम्पस र विष्णु स्कुल, डिपो र सियोन स्कुल बिच प्रतिस्पर्धा हुने बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिए ।

धरान बास्केटबल सङ्घको आयोजना तथा वराह ग्रुपको मुख्य प्रायोजनमा धरान १२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा  भइरहेको छ । 

तस्बिर : सन्जय याक्खा