धरान : मारवाडी महिला मञ्च धरानको दोस्रो अधिवेशनले गीता अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सभा हलमा भएको दोस्रो अधिवेशनले प्रथम उपाध्यक्षमा मञ्जु अग्रवाल र द्वितीय उपाध्यक्षमा रेखा अग्रवाललाई चयन गरेको छ ।

सचिवमा आरती अग्रवाल, सहसचिवमा सरिता अग्रवाल र कोषाध्यक्षमा भगवती अग्रवाल सहितको १९ सदस्यीय समिति चयन गरेको निवर्तमान कोषाध्यक्ष श्वेता अग्रवालले जानकारी दिइन् । नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष अनिता अटलले पद हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा सचिव आरती अग्रवालले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्वेता अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस क्रममा नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपिनीयताको शपथ ग्रहण पनि गराइएको थियो ।

विराटनगरका समाजसेवी सुरेशकुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सदस्य खजान्चीदास अग्रवाल, महेन्द्र जालान, महेश्वरी समाज सुनसरीका अध्यक्ष रमेश अटल, मारवाडी सेवा समिति धरानका अध्यक्ष अनिल सिंहल, महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष शिला बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।