धरान : लागुऔषधको कारोबार गर्न भारतको दार्जिलिङबाट धरान आएका दुई जनालाई मंगलबार दिउसो १ बजे प्रहरीले लागूऔषध सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ वर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुण्य तामाङ रहेका छन् ।

उनीहरूलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटेल एण्ड लजको १०६ नम्बर कोठाबाट लागू औषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।