धरान : धरानमा प्रतिबन्धित औषधी सहित एक दम्पत्तीलाई धरान प्रहरीले पक्राउ गरेको छ । 

गएराति धरान-१० धर्मपथ लाइनमा प्र १-०-२-०४४ प ६३८० नम्बरको एफजेट मोटर साइकलमा हिडदै गरेको अवस्थामा शङ्कालागि प्रहरीले चेक गर्ने क्रममा धरान-९ बस्ने ३३ वर्षीय मुन्ना खान र उनकै श्रीमती ३० वर्षीय आसमा खातुनले बोकेको झोलामा प्रतिबन्धित औषधी स्पामो प्रोक्सिभान प्लस ५ सय ८६ क्याप्सुल फेला परेको थियो ।

प्रतिबन्धित औषधी सहित पक्राउ परेका दम्पतीलाई आज बरामद औषधी सहित आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।