धरान : धरान-१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा भइरहेको बराह ग्रुप बास्केटबल प्रतियोगिताको फाइनलमा पुरुष तर्फ डिपो कलेज र महेन्द्र कलेज धरान र महिला तर्फ डिपो र विष्णु मेमोरियल प्रवेश गरेका छन् ।

बिहीबार भएको पुरुष तर्फको सेमिफाइनल खेलमा डिपो स्कुलले सियोन स्कुललाई ५१-२५ र महेन्द्रले विकेभिएम विराटनगरलाई ५०-४५ अङ्कको अन्तरले पराजित गर्‍यो । त्यस्तै गरी महिला तर्फ डिपोले सियोन स्कुललाई २८–१४ र विष्णु मेमोरियलले हात्तीसार कलेजलाई ९–११ अङ्कले पराजित गर्दै फाइनल प्रवेश गरेका छन् ।

पुरुष तर्फको खेलमा डिपो स्कुल र सियोनले प्रत्येक क्वाटरमा २–१०,१०–१५,८–१० र ५–१६ अङ्क र महेन्द्र कलेज र विकेभिएमले १९-४,१२–१९,१०–१५ र ९–७ जोडेका थिए । महिला तर्फको खेलमा विष्णु मेमोरियल र हात्तीसार कलेजले ४– २,२–१,२–४ र १–४ अङ्क र डिपो र सियोन स्कुलले ८–३,१२–७,५-० र ३– ४ अङ्क जोड्न सफल भएका थिए ।

भोलि हुने फाइनल खेलमा पुरुष तर्फ डिपो कलेज र महेन्द्र र महिला तर्फ डिपो कलेज र विष्णु मेमोरियलले प्रतिस्पर्धा गर्नेछन् ।
तस्बिर : तनु राई

Baraha-Basketball-1