धरान :  २१ औँ गोधुली टुबोर्ग रनिङ कप फुटबल प्रतियोगितामा धरान-१७ लाई पराजित गर्दै धरान-१६ फाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा आज सम्पन्न सेमिफाइनल खेलमा वडा नं १७ लाई १-० ले पराजित गर्दै वडा नं १६ फाइनल प्रवेश गरेको हो । वडा नं १६ का खेलाडी खुसीमान लिम्बुले थपिएको समयमा निर्णायक गोल गर्दै टिमलाई फाइनल खेलमा पुर्‍याउन सफल भएका हुन् ।

आजको सेमिफाइनल खेलको म्यान अफ दि म्याच वडा नं १६ का अमर श्रेष्ठ घोषित भए । प्रतियोगितामा भोलिको अन्तिम सेमिफाइनल खेल धरानको वडा नं १४ र वडा नं १९ बिच हुने आयोजकले जनाएको छ ।