धरान : झापाको बिर्तामोड नगरपालिका -३ का २१ वर्षीय मानव राजवंशीलाई ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

बुधवार दिउसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर –६ स्थित मेची खोलाबाट राजबशींलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ५ सय मिलिग्राम सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले जनाएको छ ।