धरान : धरान उपमहानगरपालिकाको वडानं. १४ मा ३ सय ३० जना ज्येष्ठ नागरिकहरूलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

धरान उपमहानगरपालिका १४ नम्बर वडा स्थित दन्तकाली माविमा मिति चैत्र २ र ३ गते दुई दिन सञ्चालन भएको कोरोना भाइरस विरुद्ध को खोप बाट धरान-१४ मा रहेका ५५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक ,शिक्षक, सवारी चालक तथा अन्य व्यक्ति गरी जम्मा ३ सय ३० जनालाई खोप लगाइएको १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

धरान-१४ विजयपुरका ज्येष्ठ नागरिकहरूलाई खोप लगाउन सहज होस भनेर १४ नम्बर वडा कार्यालयले वडामै खोप लगाउने व्यवस्था गरेको १४ नम्बर वडा कार्यालयले जनाएको छ ।