इटहरी : शुल्क मिनाहाको आन्दोलन गरेका विद्यार्थीको माग सम्बोधन गर्ने भन्दै इटहरी उपमहानगरपालिकाको सभा हलमा वार्ता सुरु भएको छ ।

हिसानका प्रतिनिधि, विद्यार्थी र उपमहानगरका अधिकारीहरू बिच वार्ता सुरु भएको हो । हिजो भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि आज पुनः विद्यार्थी आन्दोलित भएका हुन् ।

आज पनि लकडाउनको समयको शुल्क मिनाहाको निर्णय नभए भोलि बिहानै देखि आन्दोलन गर्ने उनीहरू बत्ताउँछन् ।