धरान : यही चैत्र ८ गते देखि काठमाण्डौमा हुन लागेको २३ वर्ष मुनिका रोयल बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन जान लागेका धरान मेघा कलेज बास्केटबल टिमलाई धरान बास्केटबल सङ्घ र धरान मेघा कलेजले शुक्रवार बिदाइ गरेको छ ।

धरानको प्रतिनिधित्व गरेर जान लागेका धरान मेघा कलेज बास्केटबल टिमलाई कलेजको प्रागणमा एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको हो । उनीहरूलाई नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटबल सङ्घका अध्यक्ष सुरजकुमार लामा र मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले खँदा र टिका लगाएर बिदाइ गरेका हुन ।

धरान मेघा कलेज टिममा कविन मगर, सन्तोष तामाङ, सरोज राई, साहिल तामाङ, सुजन राई, सुसन श्रेष्ठ, जोमन राई, दिवस राई, मौसम राई, रोहन श्रेष्ठ, मानबहादुर दर्जी, निसाम तामाङ र प्रशिक्षकमा हेमन्त राई र युगल लिम्बु रहेका छन् ।

बिदाइको क्रममा कलेजका अध्यक्ष लिम्बु र बास्केटबल सङ्घका अध्यक्ष लामाले टिमलाई शुभकामना दिएका थिए । कार्यक्रममा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका प्राचार्य चन्द्र वनेम, प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो ।

Basketball-1 2