झापा : झापाको दमक-४ को चिया बगानमा शनिवार साँझ भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र-१-०२-००१ क १०८५ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको को २८ प ११३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार मोरङको रतुवामाई नगरपालिका-८ बस्ने २३ वर्षीय निरन बस्नेत र २४ वर्षीय अनीश कोइरालाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । एक जना घाइते भएका छन् ।

निरनको झापाको बिर्तामोड स्थित विएन्डसी अस्पतालमा र अनीशको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालक र टिपरलाई दमक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।